Friday, July 1, 2022

दाङमा द्वन्द्वपीडितको नि: शुल्क स्वास्थ्य बिमा

दाङ । दाङको घोराही उपमहानगरपालिका-१७ का द्वन्द्वपीडितको निस्शुल्क स्वास्थ्य बिमा गर्न थालिएको छ । वडा कार्यालयले ३३ जनाको स्वास्थ्य बिमा गरिदिएको हो । घोराहीका मेयर नरुलाल चौधरीले द्वन्द्वपिडीतका लागि स्वास्थ्य बिमाको शुभारम्भ गरे । जनयुद्ध, जनआन्दोलनका सहिद र बेपत्ताका परिवार तथा घाइतेको निस्शुल्क स्वास्थ्य बिमा सुरु भएको हो । घोराही १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको र चालु आर्थिक वर्षमा द्वन्द्वपीडितलाई निस्शुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: