Friday, December 3, 2021

फोटोपत्रकार प्रदीपराज वन्तले पाए वेष्ट डेव्युको मेल मोडल अवार्ड

काठमाडौं । मोडल सङ्स वेष्ट डेव्युको मेल मोडल अवार्ड २०७७ फोटोपत्रकार प्रदीपराज वन्तले पाएका छन् । मोडल सङ्स नेपालद्धारा काठमाडौंमा आयोजित द्रोस्रो मोडल सङ अवार्ड २०७७ फोटोपत्रकार वन्तले वेष्ट डेव्यूको मेल मोडल अवार्ड २०७७ पाएका हुन् । स्विजरल्याण्डमा बसेर पनि नेपाली गित संगितलाई माया गर्ने गितकार नवराज घिमिरेको सव्द संगित तथा गायक विनोद दनुवारको स्वरमा रहेको “परदेशीको कर्म” नामक लोक गितको म्यूजिक भिडियो मार्फत परदेशि नेपालीले भोग्ने दुख पिडामा आधारित कथामा उत्कृष्ट अभिनय गरे वापत डेव्यू मेल वेष्ट मोडलको रुपमा उक्त अवार्ड पाएका हुन् ।

साथै उक्त गितको म्यूजिक भिडियोमा वन्तलाई मोडल तथा नायिका सोनाम केसीले श्रीमतिको भुमिकामा साथ दिएकी थिईन् । उक्त गितको छायाँङन तथा निर्देशन नविन वावु गुरुङले गरेका हुन् भने सहायक निर्देशनमा रेजिना तुलाधर रहेकी छिन् । उक्त भिडियो सम्पादन नविन निरौलाले गरेका हुन् । फोटोपत्रकार वन्त विगत १३ वर्ष देखि सक्रियरुपमा राष्ट्रिय समाचार समितिमा सिनियर फोटोपत्रकारको रुपमा काम गर्दै आएका छन् । उनी राष्ट्रिय फोटोपत्रकार समूह ९एनएफपिजे० नेपाल को महासचिव पनि हुन् ।

विगत १२ वर्ष देखि सिजन मिडया मार्फत निरन्तररुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । फोटोपत्रकार वन्तले आफ्ना गितकार हरि गोपाल प्रधानको ‘यो मुटुमा’ वोलको गितमा र गितकार सन्तोष जंग थापाको ‘थाहा छैन’ वोलको गितमा अभिनय रहेको भिडियोहरु पनि छिट्टै दर्शकमाझ ल्याउने बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: