Friday, January 28, 2022

सामान्य प्रशासन मन्त्रालयद्वारा एकैदिन १ हजार ६ सय कर्मचारीकाे सरूवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १ हजार ६ सय १३ जना कर्मचारीको एकैदिन सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १ हजार ६ सय १३ कर्मचारीको आज (मंगलवार) सरुवा गरेको हो । अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै आएका कर्मचारीले दिएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

‘लोकसेवा आगोबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीलाई मन्त्रालयको निर्णय अनुसार अन्तर स्थानीय तहमा खटाइएको हो’, मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेलले भन्नुभयो ।

‘मापदण्ड बमोजिम सम्बन्धित स्थानीय तहबाट प्राप्त दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएको हुँदा यस मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम रमाना दिने र हाजिर गराउने कार्य निर्वाध र सहज रुपमा गराएको र सोको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्पूर्ण स्थानीय तहमा समेत हार्दिक अनुरोध छ’, सरुवा सूची सार्वजनिक गर्दै मन्त्रालयले भनेको छ ।

 

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: