Friday, January 21, 2022

राम्रो काम गर्दागर्दै पनि मिडियाले लखेटे : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्वार्थ पूरा नगरिदिँदा आफूलाई मिडियाले खेदेको दाबी गरेका छन् । आज ९सोमबार० मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले राम्रो काम गर्दागर्दै पनि आफूलाई मिडियाले जस नदिएको बताएका हुन् । राम्रो काम गर्दा गर्दै पनि अहिले कता कता, कतिपय मानिसहरूले उनीहरूको व्यक्तिगत स्वार्थअनुसार काम नहुँदा विभिन्न मिडियामा देखाउने कामहरू गरिरहेका छन्, त्यसमा मैले भन्नुपर्ने केही छैन ।

त्यो त तपाईंहरू आफैंले पनि बुझ्न सक्नुहुन्छ,’ मन्त्री आलेले भने, ‘पत्रकार साथीहरू पनि यहीँ हुनुहुन्छ । म आइसकेपछि मैले गरेका कामहरू राम्रा कामहरूको राम्रो न्यूज दिनुहोला । यदि मैले खराब काम गरेँ भने खराब भनेर लेख्नुहोला । म यो भन्दिनँ कि नराम्रो काम गरेकोलाई राम्रो भनिदिनुस् । आलेले आफू विभिन्न समस्या समाधान गर्नकै लागि मन्त्रालयमा आएकाले पदबहाल गरेकै दिनदेखि विकृति र खराब कामलाई सुधार्दै लैजान खाजेको पनि दाबी गरे । उनले थपे, ‘मबाट कहीँ कमीकमजोरी छ र सच्चिनुपर्नेछ भने त्यो पनि मलाई तपाईंहरूले आएर भन्नुस् । तपाईंहरूको साथ र सहयोगबिना म केही पनि गर्न सक्दिनँ मन्त्री ओलेले भने ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: