Friday, January 21, 2022

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित भएका छन् । चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो । सोही १८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले बताएका थिए । त्‍यसअघि महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।

अध्यक्षसहितका पदाधिकारी चयन गर्न चितवनमै १८४ जना केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भइरहेका बेला नेतृत्वका विषयमा सहमति जुटेको हो । केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारीका बीच अध्यक्षका दाबेदारमध्यकै एक गोविन्द रोकाले छाडेपछि सापकोटाको नाममा सहमति भएको हो ।रोकाकै प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: