Friday, January 28, 2022

देश र जनताको बहस गर्ने थलो संसद अवरूद्ध गर्ने नाटक बन्द गर्नु पर्छ : भीम रावल

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले निरन्तर संसद अवरुद्ध पार्ने पार्टी नीतिको विरोध गरेका छन् । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमालेले संसद अवरुद्ध गर्दै आएको छ । भदौ २३ गते सुरु भएको संसद अविधेशन एमालेको अवरोधका कारण अन्त्य भएको थियो। सरकारले फेरि मंसिर २८ गतेदेखि अधिवेशन बोलाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले त्यो अधिवेशनमा पनि सदन अवरुद्ध पार्ने चेतावनी दिएका छन् । तर नेता रावलले भने संसदमा अवरोध गरिदा जनताका आवाज अवरुद्ध हुने जिकिर गरेका छन् । संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै काम कारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ रावलले ट्वीटमा लेखेका छन् ।

सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ। नेता रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: