Friday, January 28, 2022

एमाले महाधिवेशनपछि सुध्रियो भन्ने लाग्यो तर उस्तै रहेछ : प्रचण्ड

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो संसद अधिवेशन यसअघि जस्तै सञ्चालन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरे पनि संसद सञ्चालन गर्ने उहाँको प्रतिक्रिया थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसद उपस्थित भए आगामी संसद अधिवेशन चल्न नदिने चेतावनी दिनु भएको थियो । दाहालले आफुलाई एमाले १० औँ महाधिवेशन पछि सुध्रियो होला भन्ने लागेपनि उस्तै रहेको टिप्पणी गर्नुभयो । संसद अवरुद्ध पार्ने एमालेको नियत ठिक नभएको र यो सत्य सारा नेपालीलाई थाहा भइसकेको उहाँको भनाइ थियो । दाहालले न्यायालय विवादवारे गठवन्धनबीच छलफल भइरहेकाले समस्याले चाँडै निकास पाउने बताउनुभयो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: