Friday, January 21, 2022

सुदूरपश्चिममा देउवा र पौडेल समूहको भीडन्त, ५१ जनाका लागि १२२ जनाको उम्मेदवारी

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनमा पनि संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुई दिन देखिको छलफलमा सहमति जुटन नसकेपछि संस्थापन पक्षबाट डोटीबाट नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र इतर पक्षबाट कैलालीका नारायण दत्त मिश्रले मनोनयन दर्ता गरेका छन्।

बिहीबार प्रदेश अधिवेशनको उद्घाटन गरिएको थियो। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सातवटै प्रदेशको उद्घाटन गरेका थिए। संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी र जनक चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सहमहामन्त्रीमा अम्बिका चलाउने (अछाम), चिन्तामणी भट्ट र गोपालदत्त भट्ट उम्मेदवार भएका छन्।

त्यस्तै संस्थापन इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ। उक्त पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टले उम्मेदवार दिएको निर्वाचन समितिले जनाएको छ। ५१ जना सदस्य पदका लागि १२२ जनाको उम्मेदवारी परेको छ। शनिबार विहान ९ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: