Friday, January 21, 2022

एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो : गगन थापा

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको बताएका छन् । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीको समर्थनमा हेटौंडामा मत माग्दै थापाले एमालेले १० औं महाधिवेशन गरेको चितवनको नारायणी किनारमा लोकतन्त्रलाई सम्पूर्ण सस्कांरसहित तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका हुन् ।

‘एमालेले पार्टीभित्रको लोकतन्त्रिक संस्कार र विधि पुर्‍याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरू मात्रै होइन सबै जल्छन्,’ थापाले भने । यस्तै कांग्रेसले विभिन्न शक्तिहरूसँग लड्न प्रदेश अधिवेशनबाटै सक्षम नेतृत्व चयन गर्दै जानुपर्ने बताए । आन्तरिक चुनाव भन्दै लरतरो ढंगले अघि बढे चाहेअनुसारको कांग्रेस नबन्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: