Friday, January 28, 2022

विप्लवका नगर इञ्चार्ज राईद्वारा पार्टी परित्याग

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उदयपुर जिल्लाका सदस्य तथा चौदण्डी नगरपालिकाका इन्चार्ज विन्द्र मान राईले पार्टी परित्याग गरेका छन् । विप्लवको पार्टीले क्रान्ति नगर्ने निश्कर्षमा पुगेर आफुले पार्टी परित्याग गरेको राईले एक प्रेस नोट जारी गरेका छन् । करिब १५ वर्षको उमेर देखि नै कम्युनिस्ट आन्दोलनमा लागेका राई माओवादी केन्द्र, वैद्य माओवादी हुँदै विप्लवको पार्टीमा आएका हुन् । विद्यालय निरिक्षकबाट रिटायर्ड भएका राईले कम्युनिस्ट आन्दोलनलाई ५५ वर्ष सहयोग गरेका छन् ।

विप्लवको पार्टीले इमान्दार कार्यकर्तालाई पाखा लगाउने गरेको, आर्थिक रुपमा भ्रष्ट नेताहरुको संरक्षण गर्ने गरेको र त्यसस्ता अराजनीतिक र गतिविधि रोक्ने पार्टीको केन्द्रले कुनै पहल नगरेकाले अब पार्टीले क्रान्ति गर्छ भन्ने आस मरेकाले पार्टीबाट राजिनामा दिएको राईले बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपूरका पूर्व जिल्ला इन्चार्ज केदार राईलाई पार्टी लगाएको झुट्टा आरोप प्रति राईले असहमति राख्दै आएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: