Friday, January 28, 2022

एक वर्षमा ३ जनामाथि गैरकानुनी सम्पत्तिको मुद्दा, २१ जनालाई मुद्दा नचल्ने (सूचीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा ३ वटा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । आयोगले २०७६/७७ को अवधिमा २१ वटा फाइलमाथि अनुसन्धान सकेर मुद्दा नचल्ने निर्णय गरी तामेलीमा पठाएको छ । भ्रष्टाचारको आरोपमा मुद्दा दायर गर्न प्रमाण नभेटिएमा फाइल तामेलीमा राख्ने गरिन्छ । अख्तियारले गतवर्ष भदौ र असोजमा गैरकानूनी सम्पत्ति आर्जनका तीनवटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । एउटामा सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) काशीप्रसाद गुप्ता सहित १३ जनाविरुद्ध १६ करोड ७२ लाख रुपयाँ विगो मागदावी गरिएको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. बलभद्रप्रसाद दास विरुद्ध ७ करोड ७१ लाख रुपैयाँ विगो मागदावी सहित अर्को मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ । सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मा विरुद्ध तीन करोड ६ लाख रुपैयाँ विगो मागदावी गरी तेस्रो मुद्दा दायर गरिएको छ । अख्तियारले यो अवधिमा २१ जना सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध परेको गैरकानूनी सम्पत्ति आर्जनको आरोपका फाइलहरु मुद्दा नचलाउने निर्णय गरी तामेलीमा राखेको छ । सशस्त्र प्रहरी बलका तत्कालिन महानिरीक्षक कोषराज वन्तदेखि कर फर्स्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत विरुद्धको फाइल तामेलीमा पठाएको हो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: