Friday, January 28, 2022

उम्मेदवारी नै नदिएका रावल र भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलले अस्वीकार गर्ने

काठमाडौं । एमालेको पदाधिकारी प्रतिस्पर्धामा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । अहिले सुनाइएको मतपरिणाम अनुसार उनीहरु केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । भीम रावलले ९०४ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले १२६४ मत ल्याएका छन् ।

रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल पनि हारेका थिए । उनीहरु दुवैलाई महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा भोट दिएका छन् । रावलनिकट नेता झपट रावल पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । रावलले भीम रावलले भने आफू केन्द्रीय सदस्य नबस्ने बताएको एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: