Friday, January 28, 2022

एमाले महाधिवेशनले जारी गर्यो १७ बुँदे घोषणापत्र

चितवन । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।

१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ । घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन । मत परिणाम र सपथग्रहण पछि विधिवत समापनको घोषणा गरिने छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: