Friday, January 28, 2022

एमाले महाधिवेशन उम्मेदवारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी

चितवन । नेकपा एमालेको निर्वाचन समितिले १० औं महाधिवेशनमा उम्मेदवारी शुल्कवापत मात्र २१ लाख २५ हजार रुपैयाँ उठाएको छ । समितिले अध्यक्षका लागि १५ हजार, पदाधिकारी र आयोग पदाधिकारीका लागि १० हजार, र केन्द्रीय सदस्य तथा आयोग सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटी र ५० सदस्यीय आयोगको सदस्यका लागि मात्र ३६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने आयोगसहित पदाधिकारीमा २८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुबाट आयोगले १८ लाख पाँच हजार रुपैयाँ शुल्क उठाएको छ ।

केन्द्रीय अध्यक्षका दुईजना प्रत्यासीबाट ६० हजार रुपैयाँ उठाएको छ । आयोगका ६ जनासहित केन्द्रीय कमिटीका २० जना पदाधिकारीबाट आयोगले दुई लाख ६० हजार रुपैयाँ शुल्क उठाएको छ । आयोगले उम्मेदवारी फिर्ता लिएपनि दर्ता गर्दा बुझाएको शुल्क फिर्ता नदिने भएकाले यो रकम निर्वाचन प्रयोजनका लागि खर्च गरिने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: