Friday, January 28, 2022

ओलीको भाषण : कांग्रेसले राजतन्त्रसँग साँठगाँठ गर्यो, कोईरालाले उत्तरी सीमामा भारतीय सेना राखे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस नेतृत्वको पहिलो सरकारले मुलुकको राष्ट्रियतामाथि हमला गरेको बताएका छन् । पार्टीको १० औँ महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले भने, ‘नेपाली काँग्रेसका तत्कालीन सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएर भारत जाँदा नेपालको उत्तरको सिमानामा १७ वटा चेकपोस्ट राख्ने सम्झौता गरेर हाम्रो राष्ट्रियता, हाम्रो स्वाभिमानमाथि हमला गरी फर्किए ।’

त्यसका विरुद्धमा तत्कालीन कम्युनिस्ट पार्टीले आन्दोलन गरेको बताए । ‘हाम्रो पार्टीले त्यसका विरुद्ध सङ्घर्ष गर्‍यो । हामीले राष्ट्रियता र पूर्ण लोकतन्त्रको पक्षमा सुरुदेखि कसरी उभियो भन्ने कमरेडलाई सुनाउन खोजेको हुँ,’ उनले भने । काँग्रेस नेतृत्वको पहिलो सरकार बनेपछि वामपन्थी शक्तिमाथि दमन भएको बताए । उनले भने, ‘हामी ००७ सालमा राणा शाहीविरुद्ध आन्दोलन गर्‍यौँ । लोकतन्त्र आएको ११ महिनाभित्रै नेपाली काँग्रेस नेतृत्वको सरकार बनेपछि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । हामीले त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्‍यो ।’

काँग्रेस आन्दोलनको मित्र शक्तिमाथि दमन गरेर राजतन्त्रसँग साँठगाँठ गरेको ओलीको आरोप छ । उनले भने, ‘काँग्रेसले राणाशासन विरुद्धको आन्दोलनमा सहभागी मित्र शक्तिमाथि दमन गर्ने र प्रतिक्रियावादी घाँटी जोड्ने नीति लियो । राजतन्त्रसँग साँठगाँठ गर्ने, राजतन्त्रलाई खुसी पारेर खाने तर वामपन्थी शक्तिमाथि दमन गर्ने र प्रतिबन्ध लगाउने काम गर्‍यो ओलीले भने । राजतन्त्र राणा शासनबाट मुक्त भएर तानाशाह भन्ने मनसायमा भएको कुरा काँग्रेसले बुझ्न सकेको उनको भनाइ छ । दिल्ली सम्झौताको अप्राप्तता, अपूर्णता र कमी कमजोरी पनि काँग्रेसले बुझ्न नचाहेको ओलीले बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: