Friday, January 28, 2022

चुनावमा नजाऔँ, सहमतिमै पद बाँडफाँड गरौँ : ओली

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धामा जान नहुने भन्दै बन्द सत्रमा कडा सम्बोधन गरेपछि एमालेभित्र मुख्य पदहरूमा जसरी पनि सहमति गराउने कोसिस तीव्र भएको छ । चुनावी प्रतिस्पर्धाका कारण एक दिन महाधिवेशन लम्बिने अवस्था देखिइरहेका बेला एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आइतबारै महाधिवेशन समापन हुने जानकारी दिएका छन् ।

ओलीले बन्द सत्रमा सम्बोधन गरिरहेका बेला सचिव तामाङले नै तोकिएकै समयमा महाधिवेशन सक्ने जानकारी बाहिर ल्याएपछि एमालेभित्र सर्वसम्मतिको विषयले आकार लिन लागेको संकेत देखिएको छ । बन्द सत्रमा ओलीले प्रतिस्पर्धा विपक्षीसँग चुनाव लड्दा हुने तर आफ्नो पार्टीभित्र एकता हुनुपर्ने बताएका छन् । अहिले उनीविरुद्ध उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने कोसिस गरेका छन् । रावलले मानेको अवस्थामा अन्य पदहरूमा मिल्ने अवस्था देखिएको एक नेताले बताए । महासचिवमा मुख्यतः विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । सहमति हुने सर्तमा पौडेल र पोखरेल दुवैले आफूहरू ओलीको निर्णय मान्न तयार रहेको संकेत ओलीलाई दिएका छन् । तर सबै नमानेको अवस्थामा भने प्रतिस्पर्धा हुन सक्छ ।

‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्नु हुन्न’ ओलीले सम्बोधन गर्दै भनेका छन्, ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्नु हुन्न । पार्टीकै प्रभाव प्रतिष्ठान र एकता खँदिलो हुने कुरामा प्रभाव पार्ने काम नगरौं । फेरि पनि पालो आउँछ । सानो भए पनि हाम्रो अहिले नभए फेरि पालो आउँछ । हतारोका साथ प्रतिस्पर्धा गर्ने, लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धालाई मात्र नभनौं ।’

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: