Friday, January 28, 2022

एमाले महाधिवेशनमा कमजोर व्यवस्थापन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा कार्यक्रताका लागि कमजोर व्यवस्थापन देखिएको छ । नेताका लागि भव्य मञ्चको व्यवस्था भएपनि देशका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ताका लागि भने व्यवस्थापनको चासो नदेखिएको पाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागि हुन आएका कार्यक्रताले भाषण पनि सुन्न नपाई फर्कनुपरेको गुनासो गरेका छन् ।

महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ताका उतार्ने घोषणा गरेको एमालेले उनीहरुका लागि भने केही पनि व्यवस्थापन नगरेको पाइएको छ । महाधिवेशन स्थलमा साउण्ड सिस्टमको समेत प्रभावकारी व्यवस्थापन नभएको सहभागिहरुको गुनासो थियो । ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने बताएको एमालेका कार्यक्रताको अव्यवस्थित जुलुसका कारण दिनैभरी सडक जाम भएको थियो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: