Friday, January 28, 2022

२१ हजार तिर्न नसक्दा अस्पतालबाट हाम फालेर आत्महत्या

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालबाट हाम फालेर एक जना विरामीले आत्महत्या गरेका छन् । शुक्रबार मोरङको धनपालथान गाँउपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि हस्पिटलको तीन तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । गोल्डेन अस्पतालले मण्डललाई उपचार गरेको रकम नतिरेको भनेर तीन दिनदेखि घर जान नदिएको उनका आफन्तले बताएका छन् । छारे रोग र मानसिक समस्या भएपछि मंसिर ३ गते उनलाई उपचारको लागि गोल्डेन अस्पताल ल्याइएको थियो ।

अस्पतालले आईसीयूमा राखेर उपचार गरेको थियो र वार्डमा सारेपछि मंसिर ७ गते घर लैजान भनेर अस्पतालले मण्डललाई डिस्चार्ज दिएको थियो । मण्डलको उपचारमा लागेको २१ हजार रुपैया तिर्न नसक्दा परिवारले मण्डललाई घर लैजान सकेका थिएनन् ।

अस्पतालमा जम्मा ३८ हजार खर्च भएको मा १७ हजार मात्र परिवारले तिरेको बताएका छन् । अस्पतालमा उपचार गराइरहेका मानसिक रोगीसमेत रहेका मण्डलले तीन तलाबाट हामफालेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ । हामफालेपछि मण्डलको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पु(याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

मृतकका आफन्तहरुले उपचारमा लागेको पैसा नतिरेसम्म घर लैजान नदिने भनेर अस्पतालले जान नदिएको र अस्पताललको लापरवाहीका कारणले नै मण्डलले आत्महत्या गरेको बताएका छन् । यसरी अस्पतालमा उपचारको पैसा तिर्न नसकेर आत्महत्या गरेको यो पहिलो घटना भने होइन ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: