Tuesday, December 7, 2021

दार्चुलामा भारतबाट मान्छे मगाएर पौडेल पक्षले देउवा पक्षलाई कुट्यो, आधा दर्जन घाईते

दार्चुला । नेपाली काँग्रेस दार्चुलाको अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा आधा दर्जन घाईते भएका छन् । मतदान सकिएर मतगणना सुरु गर्ने समयमा सभापतिका उम्मेदवार ललित बोहरा पक्ष र अर्का सभापतिका उम्मेदवार अमरसिंह धामी पक्षबीच झडप भएको हो । सभापतिमा अमरसिंह धामी पक्षको जीत हुने देखिएपछि बोहरा पक्षले मतगणना रोक्नुपर्ने माग गरेपछि दुई पक्षबीच झडप भएको हो । धामी पक्षका राजु विष्ट र सुरेस विष्ट लगायतका केही घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ एक नेताले बताए ।

१३औँ महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनमा धामी कै सहयोगमा बोहाराले सभापतिमा जितेको भए पनि १४औँ महाधिवेशनमा बोहरा पौडेल पक्ष र धामी देउवा पक्षबाट चुनाव लडेको बताइएको छ । धामी शैल्यशिखर नगरपालिकाका प्रमुख समेत हुन् । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । सभापतिमा धामीको जीत हुने देखिएपछि बोहरा पक्षले झडप गरेको एक नेताले बताए । ती नेताका अनुसार मत गणना सुरु हुनु अगाडी नै बोहरा पक्षले ढुंगामुढा प्रहार गरी धामी पक्षमाथी आक्रमण गरेका हुन् ।

बोहरा पक्षले भारतबाट समेत मान्छे मगाएको ती नेताले आरोप लगाए । ‘मलाई पनि सामान्य चोट लागेको छ, मत गणना सुरु हुनु अगावै बोहरा पक्षले हामीमाथी ढुंगामुढा प्रहार गरेर आक्रमण गरे’ ती नेताले भने । ‘बोहराले चुनाव हार्ने भएपछि हामीमाथी आक्रमण गरेको हो, आक्रमण गर्नकै लागि बोहराले भारतबाट समेत मान्छे मगाएको हाम्रो अनुमान छ’ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: