Wednesday, December 8, 2021

प्रधानमन्त्री देउवाले आन्दोलनरत कानून व्यवसायीहरुलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत कानून व्यवसायीहरुलाई छलफलमा बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा आन्दोलन भएको एक महिनापछि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई भेटघाटका लागि शुक्रबार विहान १० बजेको समय दिएका हुन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएको बताए । उनले भने, ‘अस्ति उहाँहरु कता कता व्यस्त हुनुभएकाले हामीले ज्ञापनपत्र बुझाउन पनि पाएका थिएनौं, अरु कुराहरु पनि गर्नु थियो भनेपछि बोलाउनुभएको हो । बार महासचिव लीलामणि पौड्यालका अनुसार, प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुनेछ ।

छलफलमा बार पदाधिकारीका साथै वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, बद्रीबहादुर कार्की, शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ, प्रेमबहादुर खड्का पनि सामेल हुने तय भएको छ । त्यसैगरी नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्षका साथै केही पदाधिकारी पनि जादैछन् ।

कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको बहिर्गमनमा सहयोग गरिदिन भन्दै विभिन्न दलको संसदीय दलको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर कांग्रेसको संसदीय दलका नेता ९प्रधानमन्त्री०का साथै दलको प्रमुख सचेतक र सचेतकसमेत बाहिर भएकाले शुक्रबारको मिति तय भएको बार महासचिव पौडेलले बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: