Monday, December 6, 2021

कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि न्यायाधीशहरुको विरोध प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि प्रहरीबाट बल प्रयोग भएको भन्दै सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले त्यसको घोर विरोध गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका १८ जना न्यायाधीश सम्मिलित बैठकले बिहीबार अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेकोमा दुःख व्यक्त गर्दै त्यसको विरोध गरेको हो । बैठकले आगामी दिनमा यस्ता कार्य नदोहोरियोस् भन्दै सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षणसमेत गरेको छ ।

बिहीबार प्रहरीले सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिएका थिए । र, धर्ना दिइरहेको ठाउँमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते हुन पुगेका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: