Tuesday, December 7, 2021

राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी पास हुन नदिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन बिना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको हो ।

यसअघि प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेको अभिव्यक्ति दिएपछि तर्क बितर्क हुँदै आएको थियो । एमसीसीमा रहेका केही विषयमा आपत्तिजनक रहेको र राष्ट्रिय सहमति नभइ अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

त्यस्तै माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने महराले बताए । त्यस्तै माओवादीले सत्ता गठबन्धनको संयन्त्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए । बैठकले माओवादीको प्रदेश पदाधिकारी टुङ्ग्याउने बिषयमा छलफल भएको र प्रदेश भित्र रहेका केन्द्रीय सदस्यहरुसंग अध्यक्ष प्रचण्डले परामर्श गरेर टुङ्गाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: