Tuesday, December 7, 2021

नेपालले पायो भारतललाई विद्युत बेच्ने अनुमति, शुरुमा ३९ मेगावाट विक्री गरिने

काठमाडौं । नेपालले भारतललाई विद्युत बेच्ने अनुमति पाएको छ । सोमबारबाट प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीका लागि अनुमति पाएसँगै नेपालले भारतलाई विद्युत बेच्ने बाटो खुलेको हो । यसअघि नेपालले विद्युत् आदान–प्रदान (एक्सचेन्ज) को मात्रै स्वीकृति पाएको थियो । तर, सोमबारदेखि भने विद्युत निर्यात गर्ने बाटो खुलेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिलो चरणअन्तर्गत नुवाकोटको २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी दुवै जलविद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित रहेको छ । प्राधिकरणले भारतमा निर्यात गर्ने अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको पनि जनाएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: