Tuesday, December 7, 2021

मुलुकभर थप ४६९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय २२ जना र ३ हजार १७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या 9 लाख 0८ हजार १०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५५ जना कोरोनामुक्त भए, ११ को मृत्युकोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर १० हजार २८७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख ०३ हजार ८५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७ पुगेको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: