Friday, December 3, 2021

ओलीको फुटाउ र राज गर कुटनीति : रावल र भुसाललाई दण्ड, पाण्डेलाई पुरुस्कृत

काठमाडौं । तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा रहेका १० स्थायी समिति सदस्यहरुलाई एकीकृत समाजवादी पार्टीमा जानबाट रोक्न अध्यक्ष ओलीले दश बुँदे सहमति गरे । तेस्रो धार भनिका दश नेताहरु १० बुँदे सहमति पछि एमालेमै फर्किए । तर ओलीले कुनै पनि नेताहरुलाई एमालेको पूर्ववत् जिम्मेवारी दिएनन् । भीम रावलको सुदुरपश्चिम इन्चार्ज पद खोसियो । अहिलेसम्म उपाध्यक्ष पद यथावत् भनिए पनि पार्टीमा कुनै पनि ठोस जिम्मेवारी दिईएको छैन । ओलीका कडा आलोचक रहेका एमाले उपमहासचिव घनश्याम भुसाललाई पनि ओलीले कुनै पनि जिम्मेवारी दिएनन् । जबकी अर्का उपमहासचिव विष्णुप्रसाद पौडेललाई भने कार्यकारी महासचिवको जस्तै गरी सांगाठानिक जिम्मेवारी दिँदै आएका छन् ।

तेस्रो धारका भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री, एमाले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी साक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री, सचिव योगेश भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिएपनि अहिले अघोषित रुपमा खोसिसकिएको छ । भने माधव समूहमा प्रभावशाली ठानिएका अर्का सुरेन्द्र पाण्डेलाई भने ओलीले पुरुस्कृत गरेका छन् । पाण्डेले एमालेको नऔँ महाधिवेशनमा इश्वर पोखरेलसँग ९ मतको झिनो अन्तरले पराजय भोगेका थिए । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा रामबहादुर थापा बादलको संयोजक र सहसंयोजकमा सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई जिम्मा दिईएको छ । ओलीले तेस्रो धारलाई ओलीले अहिले एमालेमा लगभग लगभग निस्तेज पारिसकेको ती नेताको दाबी छ ।

अष्टलक्ष्मी साक्य र भीम आचार्य अब ओलीको विरुद्धमा आउँदैनन्, किनभने माधव नेपालले दिन नसकेको दुबै जनाको माग ओलीले पूरा गरिरहेका छन् । त्यस्तै सुरेन्द्र पाण्डेलाई पनि दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजक बनाईएको छ । त्यसकारण पाण्डे पनि ओलीको विरुद्ध उत्रिने संभावना निक्कै कम छ । तेस्रो धार निश्क्रिय भईसकेको छ ती नेताले भने ।

स्थायी कमिटीको शुक्रवार बसेको बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एक एकजना प्रतिनिधि थपेर पूर्णता दिएको हो । समितिमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ, छबिलाल विश्वकर्मालाई पनि थपिएको छ । समितिको सदस्यमा काशिनाथ अधिकारी, भानुक्त ढकाल, यमलाल कडोल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा रहेका छन् । एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: