Friday, January 28, 2022

चलचित्र आँधी तुफान-२ निर्माण हुने

काठमाडौं : चलचित्र ‘आँधी तुफान २’ निर्माण हुने भएको छ । चलचित्र ‘आँधी तुफान’ १६ वर्ष अगाडी प्रदर्शनमा आएको थियो। आज बिहिबार राजधानीमा प्रेसमिट गर्दै निर्देशक मदन घिमिरेले निर्माणको औपचारिक घोषणा गरेका छन् । एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथामा चलचित्र बन्ने जनाइएको छ ।

चलचित्र ‘आँधी तुफान २’ फिल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी, जोया वुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालिराजको मुख्य भूमिकामा रहने बताइएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: