Tuesday, December 7, 2021

साफ च्याम्पियनसिप नेपालले श्रीलंकालाई २२ वर्षपछि हरायो

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । गएराति भएको खेलमा नेपालले श्रीलंकालाई  ३- २  गोल अन्तरले पराजित गरेको हो । साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो । पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो । माल्दिभ्समा भएको खेलमा नेपाललाई जित दिलाउनको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले समान एक(एक गोल गरे । श्रींलकाको लागि मार्भिन हामिल्ट र डिलिअन डि सिल्भाले गोल फर्काए । खेलको ३३ मिनेटमा लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनले नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए । सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलको ५१ औं मिनेटमा विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले घलानको पासमा गोल गरेका थिए ।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो । उसका लागि हामिल्टनले गोल गरे । खेलको ८६ मिनेटमा घलानले गाल गर्दै ३-१ को अग्रता दिलाए । उनले तेज तामाङको क्रसमा गोल गरेका थिए । आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाले पेनाल्टीमार्फत गोल गरेपनि हार टार्न सकेन । बक्सभित्र गौतम श्रेष्ठले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा डि सिल्भा चुकेनन् । लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: