Friday, December 3, 2021

प्रकाण्डका विश्वासपात्र पुनले जब आफ्नै कार्यकर्ताको खुट्टा भाँच्ने योजना बनाए

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेताले कार्यकर्ताको हत्या र खुट्टा भाँच्ने योजना बनाएको खुलासा भएको छ । नेता पुनले पार्टीकै विद्यार्थी संगठनका तत्कालीन केन्द्रीय सदस्य उषाकिरण आजादको खुट्टा भाँच्ने र हत्या र्ने योजना बनाएको उषाकिरण आजादले सामाजिक संजालमार्फत खुलासा गरेका हुन् । पार्टी निकट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य समेत रहेका उषाकिरण आजादले तत्कालिन उपत्यका विशेष ब्यूरो इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ ले आफ्नो खुट्टा भाँच्ने योजना बनाएको बताएका छन् । उनले पुनलाई खुट्टा बाँच्न चुनौती समेत दिएका छन् । आजादले फेसबुकमा ललितपुरका इमान्दार कार्यकर्ता जमीनको पनि पुनकै योजना खुट्टा भाँचिएको खुलासा समेत गरेका छन् । आफ्नो कार्यकर्ताको खुट्टा भाँच्ने अधिकारी कसले दियो भन्दै पुनलाई कारवाहीको माग समेत गरेका छन् ।

आजादले फेसबुकमा लेखेको स्टाटस 

‘म धादिङ जाँदा एक जना जिम्मेवार नेताले भन्नुभयो भाई, मिलनले तिम्रा खुट्टा भाँच्ने योजना बनाएका थिए, तिमी बाच्यौं । हैन मेरा उहाँले खुट्टा भाँच्ने योजना बनाउनु भएको रहेछ भन्ने सुनेर खुशी नै लाग्यो । आफ्नै वयोवृद्ध कार्यकर्ता कमरेड जीमनका खुट्टा भाँच्ने र क. रोशनका किराँतीलाई मार्ने योजना बनाउने यी कमरेड मिलनलाई यस्तो ‘कसरी आयो कि उहाँलाई आफ्नै कार्यकर्ताका खुट्टा भाँच्ने विशेष अधिकार दिइएको छ र रु म कमरेडलाई मेरा खुट्टा भाँच्न चुनौती दिन्छु । के मेरा खुट्टा भाँच्न सक्नु्हुन्छ रु नेपाल कम्युनिस्ट पार्टी कमरेड मिलनमाथि तु कारवाही गर । हैन भने उहाँको ठूलो भुँडिले दुःख पाउने पक्का छ । कोरोनाले छाडे पनि जनताले छाड्दैनन् । चेतना भया ।’

आफ्नै कार्यकर्ताको हत्या योजना बनाउने पुन पार्टी प्रबक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) का निकै विश्वासीला पात्र हुन् । पार्टीमाथिको प्रतिबन्धको बेला उपत्यकाका धेरै नेता कार्यकर्तामाथि कारवाही डण्डा चलाएका थिए पुनले । नेकपाका एक कार्यकर्ताका अनुसार प्रतिबन्धको बेला पुनले पार्टीभित्रका आफ्नो आर्थिक र सांस्कृतिक अराजकताका घटना थाहा पाउने सबैलाई मार्ने र खुट्टा भाँच्ने योजना बनाउँदै आएका थिए । प्रतिबन्धको बेला कार्यकर्ता चुप लागेपनि अहिले पार्टीभित्र पुनको चर्को विरोध भइरहेको छ ।

आजादको उक्त स्टाटसमाथि कमेन्ट गर्ने अधिकांशले पुनको विरोध गरेका छन् । केहीले आफ्नो पनि खुट्टा भाँच्ने योजना बनाएको बताएका छन् । माओवादी विभाजन हुँदा नेकपा मसालबाट मोहन वैद्दको नेतृत्वमा नेकपा–माओवादीमा प्रवेश गरेका पुन विप्लवसँगे रहेका छन् । उनी जनयुद्धको बेला माओवादी जनयुद्धलाई दबाउन प्रतिकार समितिका अध्यक्ष समेत रहेका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: