Tuesday, December 7, 2021

काठमाडौं उपत्यकामा भदौ मशान्तसम्म विद्यालय खोल्न नपाइने

काठमाडौं : उपत्यकामा भदौ मशान्तसम्म विद्यालय खोल्न नपाइनेकाठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ मशान्तसम्मका लागि थप गरिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधवार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा गर्न नपाइने कार्यहरू जारी निषेधाज्ञामा भएकै प्रावधानलाई निरन्तरता दिइएको छ। यस अवधिमा विद्यालयलगायत सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न नपाइने बताइएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय हिजोदेखि खोल्ने निर्णय गरी सञ्चालन गरेपनि प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो । कोरोना संक्रमणमा उल्लेख्य कमी नदेखिएको तथा स्वास्थ्यविदहरूले तेस्रो लहरको चेतावनी दिइरहेको बेला उपत्यकामा शैक्षिक संस्थाहरू भौतिक रूपमा सञ्चालन गर्न पूर्ण रोक लगाइएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: