Wednesday, December 8, 2021

माधव समूहले अड्कायो हलो, बहुमतीय सरकार गठनको सम्भावना लगभग टरेको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो । एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । र, ओली पक्षले जेठ २ मा फर्किन सहमति जनाउने सम्भावना छ । यसबारे ओली र नेपालबीच वार्ता भइरहेको छ । जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताइसकेका छन् । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘बहुमतको सरकार गठनको सम्भावना लगभग सकिएको छ ।’ एमालेमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भइरहेको वार्ताको निष्कर्ष आएपछि थप भन्न सकिने उनले बताए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: