Tuesday, December 7, 2021

टिकापुरमा कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट १८ को मृत्यु भएको छ । नगर जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलका अनुसार दुई दिनमा मात्र सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या नौ जना पुगेको छ । जानकी गाउँपालिकामा पनि सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा टीकापुर अस्पतालमा उपचाररत आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जोशीपुर गाउँपालिका वडा नं १ का ५० वर्षका पुरुष र वडा नं ५ का ६० वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ की ४५ र ५१ वर्षीया दुई र वडा नं ७ का ६० वर्षीया महिला र सोही वडाका ६७ वर्षका पुरुष, बर्दगोरिया गाउँपालिका वडा नं ४ का ४५ वर्षका पुरुष, जानकी गाउँपालिका वडा नं १ का ५८ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

टीकापुर अस्पतालमा आइतबार मात्रै छ जनाको ज्यान गएको थियो । टीकापुर अस्पतालमा मात्र दुई दिनमा मृतकको संख्या १४ पुगेको छ । टीकापुर अस्पतालमा उपचारमा आएका १६ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा पनि सोमबार चार जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउपालिका वडा नं ४ का ५२ वर्षका पुरुष, धनगढी उपमहानगरपालिका वडा नं ३ का ८७ वर्षका महिला, वडा नं १८ का ४२ वर्षका पुरुष र घोडाघोडी नगरपालिका वडा नं १० का ३७ वर्षका पुरुषको मृत्यु भएको छ सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । प्रादेशिक अस्पतालमा ५८ सक्रमित र ३० जना संकास्पद बिरामीको उपचार भैरहेको उनले बताए ।

 

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: