Monday, December 6, 2021

माधव नेपालको नयाँ पार्टीमा आफु पनि सहभागी हुने गौतमको घोषणा

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू नेपाल समूहमै सहभागी हुने धारणा सार्वजनिक बताएका छन् । अध्यक्ष केपी ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गौतमसँग जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा गौतमले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएका थिए । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा एमाले मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुने बताएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: