Monday, December 6, 2021

राजीनामा दिन संसद् भवन जाँदै नेपाल समूहका सांसदहरू

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरू राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर जान लागेका छन् । नेता नेपालले सहमतिका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको बेवास्ता गरेको भन्दै सांसदहरू सामूहिक राजीनामा दिन संसद् भवन जान लागेका हुन् । हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् । नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: