Monday, December 6, 2021

पछिल्लो २४ घण्टामा आठ हजार ४१८ जनामा संक्रमण, ५३ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ। मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको परीक्षण गर्दा आठ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ। १७ हजार ३१५ जनाको पीसीआर गर्दा ८ हजार २८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ भने दुई लाख ९८ हजार ७६५ जनाले कोरोना जितेका छन्। देशभर अहिले ८३ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: