Wednesday, December 8, 2021

जनताको सम्पतिमा नेताहरुको रजाई : मिलन खड्का

कोभिड १९ महामारी हैजा बिगत एक बर्ष देखि देखा परेका कारण पहिलो चरणको लकडाउनले नेपाली जनता सर्बसाधार दैनिक गुजारा चल्न छाडेपछि हातमुख जोड्न बन्द भएर तनावमा छ्न् । तर सरकारी कर्मचारी उनीहरुको दैनिक रोजगार व्यवस्थित हुँदा रमाउदै बसका छन् । किनभने उनीहरुको लबकडाउन वा निषेधाज्ञामा पनि नियमित रुपमा तलब तथा भत्ता आएकै हुन्छ। मन्त्रीदेखि नेताहरु बिचौलिया वा दलालहरुसँग साँठगाठ गरी संकटको फाईदा उठाउँदै आर्थिक पार्जन गरिरहेका छन् । महामारीको मौका छोपी स्वास्थ्यको बहानामा मास्क, सेनिटाईजर र भ्याक्सिन बाहिरबाट सस्तो खरिद गरि मोटो कमिसन खाई महँगोमा जनतालाई उपभोग गर्न बाध्य बनाईरहेका छ्न् । सर्बसाधारणलाई कोरोना बिमारी हुदा न सरकारी अस्पताल, न प्राइभेट अस्पताल पुग्नै मुस्किल छ । सर्वसाधारणलाई एम्बुलेन्स नै उपलब्ध नहुने यदि उपलब्ध भई हालेमा अस्पतालमा भएका बेडहरु भरिभराउ भेल्टिलेटर र अक्सिजन औषधि उपचारको अभावमा छट्पटी छट्पटी मर्न बाध्य भएका छ्न्।

सरकारले ७ प्रदेश घोषणगरेपछि स्थानीय सरकारमाबाट नेपाली जनता चरम मारमा परेका छन्। स्थानीय उत्पादन देखि बिक्री वितरण सम्म महँगो कर लिने र जनताई सेवा सुविधाका नाममा मनमानी ढंगले जनताको ढाड सेक्ने गरेका छ्न्। नगरपालिका, गाउँपालिका, वडामा आएको बजेट आफ्नो अनुकुल चरम भ्रष्टाचारले शिमा नाघिसकेको छ । आएको बजेट माफ्नो मनमानी खर्च पावर पहुचवालाले हैकम चलाउने र सेवा सुबिधा आफुले मात्र उपभोग गर्ने जनता टुलुटुलु हेर्न बाध्य भएका छ्न्। केन्द्रमा सभासद, मेयर , उपमेयरले प्रयोग गर्दै आएका महँगा महँगा गाडीहरु जनताई आवश्यक परेको बेलामा बिरामी भएको अबस्थामा पनि प्रयोज गर्न नपाउँदा बिरामी जनता बिबस हुन बाध्य भएका छ्न् ।

कहाँ कस्को लागि राखिन्छ ? अस्पतालका बेडहरु भन्ने प्रश्नको सहजै उत्तर पाईन्छ, मन्त्री वा नेतालाई सहज उपलब्ध भै राज्यको ढुकुटी बाट उपचार हुन्छ । व्यापारी धनाड्यलाई मात्र बेडहरु सुरक्षित राखिएको छ । अस्पतालका बेडहरु जो पैसामा बार्गेनिङ हुन्छ्न र सहजै मिल्छ । आम सर्वसाधाणलाई अस्पताल पुग्नै गार्‍हो र यदी पुगिहालेमा खर्चको अभावमा तड्पी तड्पी प्राण त्याग्नु परेको छ। कोरोना महामारीले लामो समय लकडाउन हुँदा मजदुर सर्बसाधारण जीवन यापन गर्ने रोजगारी नहुँदा रोगले भन्दा भोकले मर्ने भएका कारण आज सडकमा भौतारिन बाध्य भएका छ्न् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: