काठमाडौं । पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै सबै भन्दा बढी ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १४२ जनाको आरटी–पीसीआर एन्टिजेन परीक्षण गर्दा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ७०७ संक्रमित निको भए, भने ५४ को मृत्युको मृत्यु भएको छ ।