Wednesday, December 8, 2021

काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा तर घटेन कोरोना संक्रमणको वेग

काठमाडौं । देशभर कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेपछि काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले बुधबार आज बिहानसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । थोरै मात्र जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको सीसीएमसीले जानकारी दिएको छ । देशभरीका निषेधाज्ञा हुनेमा सबैभन्दा सुदूरपश्चिमका जिल्ला रहेका छन् ।

त्यस्तै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा तथा चितवनमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यस्तै, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक र गोरखामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु र तनहुँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यस्तै, संक्रमण र मृत्युको दर पनि बढ्न थालेपछि बारा, सिरहा र नवलपुरमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

तर कोरोना संक्रमणको वेग भने रोकिएको छैन । नेपालमा आज मात्रै थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म ३ लाख ५९ हजार ६१० जनामा संक्रमण पुष्टि भइसकेको छ । काठमाडौँ उपत्यकामात्र ३८२५ जना संक्रमित थपिएका छन् । यसमध्ये भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौँमा २ हजार ८४९ जना संक्रमिण थपिएका हुन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: