Monday, December 6, 2021

लकडाउनमा मौका समेत नदिई घरजग्गा खाइदिएको एनआईसी एसियालाई राष्ट्र बैंकले पठायो पत्र

काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएको खबरपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकलाई पत्र काटिएको पुष्टि गरे । उनका अनुसार अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको हो । बैंकले जवाफ भने फर्काएको छैन ।

एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी घर खाइदिएको आरोप समेत झेल्दै आएको छ । बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ । बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ । बेस रेटमा सामान्य तया २ प्रतिशत प्रिमियम जोडेर अन्य बैंकहरुले ऋण लगानी गर्दै आएका छन् । तर एाआईसी एसियाले भने ९ प्रतिशतसम्म प्रियम जोडेको भन्दै आलोचना भएको छ ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: