Wednesday, May 18, 2022

बाँकेमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : बाँकेको भेरी अस्पतालमा २५ मिनेटको अन्तरालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिला र सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको २५ मिनेटको अन्तरालमा मृत्यु भएको हो । ओलीका अनुसार बाँकेको जानकी गाउँपालिका–४ की २३ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे मृत्यु भएको हो भने सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: