Wednesday, December 8, 2021

कोरोना संक्रमणबाट एमालेकी पूर्वसांसद चौधरीको मृत्यु

धनगढी । कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । शनिबार मात्र अस्पताल भर्ना भएकी चौधरीलाई आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । चौधरी २०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: