Tuesday, December 7, 2021

नयाँ श्रमजीवी वर्ग र नयाँ क्रान्ति : प्रमोद गिरी

कार्यदिशा सही वा गलत हुनुले सबै कुराको फैसला गर्द्छ अर्थात कार्यदिशा सहि हुँदा आफु सङ्ग नभएका चिज पनि उपलब्ध हुन्छ भने गलत हुँदा भएका कुरा पनि गुम्दछन। माथी उल्लेखित शाश्वत उक्ति विश्व भरी नै क्रान्तीका क्रममा बारम्म्बार पुष्टि भएको छ। क्रान्ति हावामा होइन, श्रमजीवी वर्ग भित्र फुल्ने चिज हो। उदाहरणको लागि रुसी क्रान्तिको मजदुर विद्रोहको कार्यदिशा चिनियाँ क्रान्तिमा लागू भएन र नयाँ कार्यदिशाको माग भयो।आखिर माओ नयाँ कार्यदिशाको अनुसन्धानमा नलागेको भए चिनियाँ क्रान्ति असफल साबित हुन्थ्यो। तसर्थ कार्यदिशा युग, परिस्थिति र समाज अनुकुल हुनु अनिवार्य छ अर्थात समाजको अर्थराजनीतिक विश्लेषण सहि नहुदाँ कार्यदिशा असफल हुन्छ।अर्थराजनितीको सार श्रमजीवी वर्ग भित्र निहित हुन्छ। सारमा वर्ग विश्लेषणमा त्रुटि हुदाँ कार्यदिशा सही हुदैन र लागू पनि हुदैन।

त्यसो हुदा के हो त सहि वर्ग विश्लेषण यो प्रश्न हाम्रा सवै महान गुरुहरुले झेलेको आम पश्न हो र क्रान्तिको सफलता पनि यहि प्रश्नको सहि उत्तरमा निहित छ। मार्क्सको वर्ग विश्लेषण अनुसार पुँजीवादका बिरुद्ध त्यो युगमा मजदुर वर्ग नै क्रान्तिको मुख्य चालक थियो । लेनिनद्वारा रुसमा लागू भयो। माओको वर्ग विश्लेषण अनुसार अर्ध सामन्ती अवस्थामा हुने क्रान्तीको मुख्य चालक किसान वर्ग थियो र चीनमा लागू गरियो। रुसमा लागू हुने कार्यदिशा चीनमा किन लागू भएन यस प्रश्नको सोझो अर्थ वर्ग विश्लेषण सितै जोडिएको छ। श्रमजीवी वर्ग अर्थात उत्पादक शक्तिको सिदा नाता अर्थराजनीती सित गासिएको हुदा कुनै पनि समाजमा क्रान्ति हुन सो वर्गसङ्ग सम्वन्धित बहुआयामिक ज्ञान अनिवार्य हुन्छ । त्यस कै आधारमा क्रान्तिको कार्यदिशा तय गरिन्छ वा यसो पनि भन्न सकिन्छ, श्रमजीवी जनता नै अर्थराजनीतिका केन्द्र हुन्।

बिसौँ सताब्दीको अन्तिम दशकदेखि खास गरि माओको निधनपछि विश्व भरी नै क्रान्तिहरु किन निरन्तर असफल हुँदै गए अझ एक्काइसौं सताब्दीमा त क्रान्तीहरु किन सुरुवात नै हुन सकेनन यी प्रश्नहरु कम्युनिस्ट क्रान्तिकारीका बीच झन पेचिला हुँदै आएका छ्न्। भारत,फिलिपिन्स लगायतका देशमा क्रान्ति जारी छन् तर वर्ग आन्दोलनको रुपमा भन्दा आदिवासी, जनजाती, दलित, अल्पसंख्यक वा मुक्ती आन्दोलनका रुपमा सिमित भई अस्तित्व कायम राख्ने स्तरका मात्र छन्। यसै वर्ष भारतमा जवर्जस्त किसान आन्दोलन चल्यो। कयौं दिन सम्म एकीकृत किसानहरुले निगमको पक्षपोसक कृषि विलका विरुद्ध दिल्ली घेराउ गरेर मोदी शासनको धज्जी उडाए तर त्यो आन्दोलनको साइनो किसानका बीचमा रहेको भनिएको भाकपा माओवादी सङ्ग देखिएन। भाकपा माओवादी मजदुर, किसान भन्दा आदिवासी पार्टीको रुपमा सीमित हुँदै गरेको प्रमाणित हुन्छ। भारतीय किसानले निगम पोषक कृषि विलका विरुद्ध गरेको आन्दोलनले विश्वका श्रमजीवी जनता अत्यन्त उत्साहित बनाएको छ र निगम पुँजीवादलाई उसको आगनमै दुत्कार्दै किसान आन्दोलनको केन्द्र पनि अब निगमका विरुद्ध सहरमा सरेको सन्देस दिने यो कदम एेतिहासिक छ। यी तमाम समस्याको हल नयाँ युगमा नयाँ बर्ग विश्लेषणसङ्ग सम्बन्धित छ्न्।

एक्काइसौं सताव्दीको क्रान्ति कस्तो हुने भन्ने बहस विभिन्न तरिकाले समाजमा नचलेको होइन तर बहसले ठोस आकार लिन नसक्दा परिणाम सुन्य प्राय छ। पुँजीवादको नयाँ तवरवाट विकास र नयाँ श्रमजिवी बर्गको उपस्तिथिका विच नया युगमा नया अर्थ राजनैतिक विश्लेषण नै मुल विषय वनेको छ।एक्काइसौं सताव्दीको पुजिवाद, भुमण्ड्लिकृत निगम पुजिवाद हो,केन्द्रीकृत वितरण र विकेन्द्रीकृत उत्पादन यसको मुख्य विशेसता हो।प्रविधीमा आएको क्रान्तीले पुजिवादी लुटलाई अति सघन वनाइदिएको छ।केही मानिस यसलाइ डिजिटल पुजिवाद वा डाटा पुजिवादको रुपमा अर्थ्याउने पनि गर्छ्न।सारमा यो प्रविधिवादी पुजिवादको रुपमा पतन हुने निश्चित छ, प्रविधिको अति प्रयोग द्वारा अत्याधिक रुपमा मानव श्रम विस्थापन गरि वर्ग निरोधको योजनाद्वारा श्रमजिवि वर्ग विरुद्ध आन्तिम विजय हासिल गर्ने ध्याउन्नमा पुजिवाद लागि परेको छ।आउदो पुस्तालाइ कस्ता रोजगारका लागि तयार पार्ने,विश्व प्रसिद्ध इतिहासविद हरारी यो सवाल प्रती अत्यन्त चिन्तित छन।रोवटिक्स,जेनेटिकल इन्जिनियरिङ,आर्टिफिसियल इन्येलिजेन्स जस्ता प्रविधिको विकासलाई व्यवस्थापन गर्न नसक्दा स्थिती भयावह हुने तर्क उनको छ।ूभविस्यमा मानिस मेसिनको धबतअज मयन मा परिनत हुने छू मार्क्सको यो भनाइ सत्य सावित हुदैछ।

एक्काइसौं सताव्ती प्रविधी क्रान्तीको युग हो।पुजिवाद प्रविधीको वैसाखीद्वारा अमरत्व प्राप्त गर्ने योजनामा छ।त्यसकै फल स्वरुप एकातिर अतिउत्पादन र अर्को तिर मजदुर,किसानको संख्यामा भारी कटौती,यो पुजिवादको मुल विशेषता हो।सेवा क्षेत्रमा श्रमजिवी वर्गको केन्द्रिकरण एलेको पुजिवादको अर्को विशेषता हो। स्वरोजगार हुने संख्या पनि ह्वात्तै वढेको छ।विस्थापित मजदुर,किसान पृष्ठभुमिका परिवार भित्रवाट रोजगार र स्वरोजगार वर्ग (employee and self employee) पैदा भएको छ,जसलाई एक्काइसौं सदिको नया श्रमजिवी वर्ग भन्न सकिन्छ। यो वर्ग साक्षर प्रकारको श्रमजीवी वर्ग हो जुन सहरमा केन्द्रित छ। विश्व दुनिया भुमण्ड्लिय निगम पुजिवादको चपेटमा आइसकेको छ, तसर्थ क्रान्तीको मोडेल पनि भुमण्डलिय प्रकारको हुनु अनिवार्य छ, त्यो सहरी हुनुपर्छ।राजनिती राष्ट्रिय तर अर्थतन्त्र भुमण्ड्लिय हुनु अहिलेको विश्वको प्रमुख समस्या हो भन्ने हरारीको मत मनन योग्य छ। विश्वको अर्थतन्त्र व्यापक अन्तरसम्वन्धीत हुदा क्रान्ती पनि सोही अनुरुपको हुनु अनिवार्य छ।कम्युनिस्टहरु त स्वभावैले अन्तर्राष्ट्रिय प्राणी हुदा स्थित अनुकुल छ।

एक्काइसौं सदिको क्रान्तीको मुख्य चालक शक्ति रोजगार स्वरोजगार वर्ग नै हो । जुन सहरी साक्षर प्रकारको अर्ध सर्वहारानिम्न पुजीजीवी बर्ग हो ।यस वर्गको वर्गधरातल बर्णशंकर क्रान्ति अर्थात् हाईब्रिड युद्ध माओकालिन किसान सङ्ग मिल्दोजुल्दो छ। यो वर्ग रुसि (मजदुर विद्रोह) मोडेलको क्रान्तिमा भन्दा चिनियाँ (दीर्घकालीन) क्रान्तिमा संगठित हुने बर्ग हुदा क्रान्ति सहरी तर दीर्घकालीन हुनु पर्नेछ।मक्किएको पुजिवादका केन्द्रहरुमा निरन्तर शक्तिशाली बहुआयामिक कम्पनद्वारा जगै देखि ध्वस्त पार्ने रणनीति सहितको क्रान्तिको यो तरिकालाई नयाँ जनयुद्ध भन्न सकिन्छ। पुजिवाद प्रविधिको सुरक्षा कवजले सुसज्जित भएको हुदा प्रविधि क्रान्तिको अति महत्त्वपूर्ण पक्ष भएर आएको छ। पुजिवादले हाइव्र्डि युद्धको तरिका अपनाइ रहेको हुँदा क्रान्तिमा पनि सोही अनुरुपको लडाइ आवस्यक पर्नेछ। परंरागत र अपरम्परागत (conventional and unconventional) युद्धकलाको योग द्वारा लडिने पाचौं पुस्ताको युद्धलाई ठिमाहा युद्द नीति (hybrid war) भनिन्छ। नियमित सैन्य शक्ति, अनियमित सैन्य शक्ति,विशेष सैन्य शक्ति,साइवर युद्ध, कुट्निती लडाइ, आर्थिक युद्ध,प्रचार युद्ध र स्थानीय अस्थिरता जस्ता परंरागत र अपरम्परागत लडाइका तरिकाहरुको योगमा लडिने युद्ध नीति नै हाइवृड युद्ध नीति हो।

भुमण्लीय पुँजीवादका विरुद्ध नयाँ जनयुद्धको तरिकाद्वारा हुने भुमण्डलीय जनयुद्ध (गलोबल पिपुल्स वार) नै एक्काइसौं सताब्दीमा क्रान्ति सम्पन्न गर्ने वैज्ञानिक उपाय हुनेछ। सामन्ती अवशेष हुने क्षेत्रहरुमा ग्रामीण किसान संघर्षको नया जनयुद्धमा सहायक भुमिका हुनेछ। यो क्रान्तिका आधार वर्गको रुपमा मजदुर,किसान र रोजगार(स्वरोजगार वर्ग हुनेछन। मजदुर, किसान, रोजगार स्वरोजगार, मध्यम वर्ग तथा राष्ट्रिय पुजिपती र उत्पिडित जनसमुदायको एकताद्वारा गरिने नया जनयुद्धको कार्यदिशामा बहस गरौ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: