Wednesday, December 8, 2021

रोल्पामा ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनालाई कोरोना पोजिटिभ

रोल्पा : रोल्पाको गंगादेव गाउँपालिकाका ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । एकैपटक गरिएको परीक्षणमा यति धेरै संख्यामा कोरोना देखिएको जिल्लामा यो पहिलो हो । स्वाब संकलन गरी भैरहवा पठाइएको पीसीआर जाँच गर्दा शुक्रबार पोजिटिभ देखिएको हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय छन् । गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीका अनुसार सुरुमा लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो ।

सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका पालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणबाट सबैजसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ । पछिल्लो समय गाउँपालिका, सबै वडा कार्यालय र विद्यालय बन्द गरिएका छन् । कोरोना पोजेटिभ देखिएकाहरु मध्ये कतिपयमा रुघाखोकी, हाछ्यू र ज्वोरो आउने लक्षण देखिएपनि कतिपयमा कुनै लक्षण देखिएको छैन् ।

 

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: