Monday, December 6, 2021

गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि संसदीय प्रक्रिया सुरु

काठमाडौं : गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि संसदीय प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव प्रस्तुत भएको छ । कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल भावी मुख्यमन्त्रीका रूपमा अगाडि सारिएका छन् । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत सोमबार बसेको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल भएको छ । अन्य प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा यसअघि प्रस्ताव दर्ता भए पनि प्रदेश सभामा प्रस्ताव टेबुल भएको यो नै पहिलोपटक हो । कर्णालीबाट सत्ता गठबन्धन सुरु गरेका कांग्रेस र माओवादीले गण्डकीमा दोस्रो प्रयोग गरेका छन् । केन्द्रमा पनि कांग्रेस र माओवादी सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारीमा छन् ।

गण्डकी प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो १२ः१५ बजे बस्नेछ । सांसदहरूले बोल्ने क्रम मंगलबार सकिने र मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि १५ वैशाख प्रस्ताव प्रदेश सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । अहिलेसम्मको अंकगणितमा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पास हुने निश्चितप्रायः छ । ६० सदस्य रहेको प्रदेश सभामा अविश्वासको प्रस्तावको पक्षमा ३२ मत छन् । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जनता समाजवादीका दुई सांसद प्रस्तावका पक्षमा छन् । गण्डकीमा एमालेका २७ सांसद छन् । एक स्वतन्त्र सांसद छन् । पोखरेल गण्डकीमा मुख्यमन्त्री भए उनी कांग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बन्नेछन् । ०७४ को प्रदेश सभा चुनावमा वाम गठबन्धनसँग हार खाएपछि सातै प्रदेशमा कांग्रेस सत्ताबाहिर थियो ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: