Monday, December 6, 2021

नेपालमा कोरोना गत वर्षको भन्दा निकै कडा, दैनिक १५० जनाको मृत्यु हुन सक्ने प्रक्षेपण

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर नेपालमा गत वर्षको भन्दा निकै कडा रूपमा देखिएको छ । डबल म्युटेड रूपमा देखिएको भाइरस छिटो फैलने र कडा असर गर्ने भएकाले संक्रमित मध्ये धेरै आइसीयू र भेन्टिलेटरमा पुग्ने गरेका छन् । देशभर संक्रिय संक्रमित संख्याको १ दशमलव ५४ प्रतिशत व्यक्तिको हाल आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ३ सय ४६ जना क्रिटिकल केयरमा छन् । आइसियू र भेन्टिलेटरमा रहेको संख्या बागमती र लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै छ । काठमाडौं उपत्यकामा मात्र १ सय ३४ जना छन् ।

उपत्यकाका मुख्य सरकारी अस्पतालहरू आईसीयू र भेन्टिलेटरमा बस्नेहरूले भरिएको छ । टेकु अस्पतालमा आईसीयूमा र भेन्टिलेटरमा १०–१० जना रहेका छन्, पाटन अस्पतालमा आईसीयूमा ९ र भेन्टिलेटरमा ८, बलम्बुमा आईसीयूमा १० र भेन्टिलेटरमा ८, वीर अस्पतालमा आईसीयूमा ५ र भेन्टिलेटरमा २ , त्रिवि शिक्षण अस्पतालमा आईसीयूमा ४ र भेन्टिलेटरमा ३ जना छन् । यस्तै निजी तर्फ सबै भन्दा बढी मेडिसिटी अस्पतालमा छन् । मेडिसिटीमा आईसीयूमा २५ र भेन्टिलेटरमा ५, हाम्सको आईसीयूमा १३ र भेन्टिलेटरमा ४ जना छन् । अस्पताल आउनेहरूलाई जटिल समस्या भएको र संक्रमण भएको दुई तीन दिनमा नै लक्षण देखिएर आउनेहरू बढी रहेका छन् ।

यस बर्ष संक्रमण हुनेहरूमा बालबालिका र युवाहरूको संख्या बढी छ । वैशाख १ देखि १३ गते सम्म १ देखि २९ वर्ष उमेर समूहका ७ हजार ८ सय ८७ व्यक्ति संक्रमित भएका छन् । जसमा ९ वर्ष सम्मका ४ सय ९६ बालबालिका, १० देखि १९ वर्ष सम्मका १ हजार ८ सय ९३ र २० देखि २९ उमेर समूहका ५ हजार ५ सय १८ जना छन् । नयाँ भेरियन्टका कारण यस वर्ष बालबालिका बढी संक्रमित भएका छन् । बढ्दै गएको संक्रमितको संख्या विश्वमा कोरोना संक्रमित फैलिएका देशहरूमा नेपाल पनि उच्च प्रतिशतको संक्रमणको सूचीमा रहेको छ । जसले अबको तीन महिना भित्र प्रतिदिन १ सय ५० जना सम्मको मृत्यु हुन सक्ने प्रक्षेपण समेत गरिएको छ ।

 

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: