Monday, December 6, 2021

विदेशमा रहेका ६६ हजार जना नेपाली कोरोना संक्रमित

एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ ।

यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए । शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा शनिवार साँझसम्म २ लाख ७९ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएकामध्ये ९७ दशमलव ९ प्रतिशत अर्थात २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: