Wednesday, December 8, 2021

मन्त्री त्रिपाठीको झटारो : प्रधानमन्त्रीले मात्र होईन, गगन थापाले पनि स्वास्थ्य मापदण्ड उल्लंघन गरे

काठमाडौं : प्रतिनिधिसभा बैठकमा सांसदहरुले कोरोना महामारीको नियन्त्रण गर्न जोड मात्र गरेनन् । एकले अर्काले स्वास्थ्य मापदण्ड मिचेको भन्दै आलोचनासमेत गरे । प्रतिपक्षी राजनीतिक दलका नेताहरुले कोरोना महामारी नै नभएजस्तो गरी राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेतासम्मले विभिन्न कार्यक्रम गरेको भन्दै आलोचना गरे । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिएपछि सांसदहरुले प्रश्न तथा सुझाव दिँदै कोरोना रोकथाममा जोड दिएका हुन् । सांसदहरुले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई यसबारे केन्द्रित रहेर प्रश्न तथा सुझाव पनि दिए ।

कांग्रेस नेता गगन थापाले होली नखेल भन्ने सरकारका प्रधानमन्त्री हजारौं मान्छे लिएर रंगशाला फुटबल हेर्न गएको भन्दै आलोचना गरे । उनले भने, होली नखेल भन्ने सरकारका प्रधानमन्त्री हजारौं मान्छे लिएर रंगशाला फुटबल हेर्न जानुभयो । सम्माननीय राष्ट्रपतिज्यूबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भइरहेको छ । सरकारको र हाम्रो पनि सभा चलिरहेको छ । जनतालाई भन्छ पर्व नगर । छानीछानी हो र सरकारलाई लाग्ने जनतालाई नलाग्ने रु सरकारको धारणा के हो रु पहिलो चरणमा कोरोना अघि–अघि जनता र सरकार पछिपछि भए, मन्त्रालयले के सिक्यो, म जान्न चाहन्छु भन्दै प्रधानमन्त्री ओलीदेखि राष्ट्रपतिको आलोचना गरे । तर गगन थापालाई काउन्टर गरे स्वास्थ्यमन्त्री त्रिपाठीले ।

पार्टीहरुले, नेताजीहरुले, प्रम, भूतपूर्व प्रम सबैले नै जुन सभा गर्नुभयो, स्वास्थ्य मन्त्रालयले त थुन्न सक्ने भएन । सबैलाई मम मम गरौं न । कार्यकर्ताले कोरोनालाई त त्यसै धपाइदिन्छन् भनेजस्तो नगरौँ । त्यस्तै मन्त्री त्रिपाटीले अगाडी भने, स्वास्थ्य मापदण्ड मापदण्ड पालनामा सबै पक्ष जिम्मेवार हुनु पर्छ । मन्त्री त्रिपाठीले गगन थापाले पनि स्वास्थ्य मापदण्डको उलंघन गरेको भन्दै झटारो हाने । ‘गगन थापा नै मेरो क्षेत्रमा गरेर सभा गरेर मापदण्ड उल्लंघन गर्नुभएको थियो । मैले सांसदकै रुपमा सोच्दा पनि राजनीतिक वृत्तमा भइएन,’ उनले भने । त्यस्तै स्वास्थ्यमन्त्री त्रिपाठीले सरकारले सञ्चालन गरेको खोप अभियान निशुल्क रहेको भन्दै बजेट पनि पर्याप्त रहेको प्रतिक्रिया दिए ।

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: