Tuesday, December 7, 2021

एमाले अध्यक्ष रोकायाको कोरोना संक्रमणबाट निधन

काठमाडौं । आज बिहान पाटन अस्पतालमा नेकपा एमालेको डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको कोरोना संक्रमणका कारण निधन भएको छ। ‘उहाँको दुई सातादेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान निधन भएको हो,’ एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले बताए। शाहीले इकर्मचारीसँग भने, ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्नेछ।’

शाहीका अनुसार रोकायालाई ज्वरो आएपछि जाँच गराउँदा कोरोना संक्रमण पुष्टी भएको थियो। उनका अनुसार एक महिनाअघि रोकाया पार्टीको कामको सिलिसलामा काठमाडौ आएका थिए। ३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए। ‘२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा उहाँ संस्थापक अध्यक्ष हुनुभएको हो,’ शाहीले भने, ‘त्यसयता एकपटक बीचमा पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको रुपमा क्रियाशील रहनुभयो।’

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: