Monday, December 6, 2021

यस्तो आयो नेपाल पुनर्बीमा कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरण

काठमाण्डौ : नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद बीमाशुल्क २ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको रिपोर्ट सार्बजनिक गरको छ। आज सार्वजनिक प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब २३ करोड र जीवन व्यवसायबाट ९ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। जुन गत वर्षको सोही अवधिको तुलनामा ५१.७८ प्रतिशतले बढी हो। समीक्षा अवधिमा निर्जीवन र जीवन व्यवसायबाट कुल लगानी, कर्जा तथा अन्यबाट हुने आय ५ करोड ९४ लाख रुपैयाँ रहेको छ। गत वर्ष ४ रोड ५५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जगेडाको आकार  ३ अर्ब ३४ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा  अर्ब २१ करोड रुपैयाँ रहेको थियो। चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा २ अर्ब ३ करोड रुपैयाँ रहेको छ। गत वर्ष बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १५.६९ रुपैयाँ, पीई रेसियो ५४.४१ गुणा र कम्पनीको प्रतिसेयर नेटवर्थ १५३.८१ रुपैयाँ रहेको छ।.

सम्बन्धित समाचारहरु

Leave a Reply

धेरै हेरिएका
- Advertisment -

ताजा समाचार

%d bloggers like this: